फिल्म ‘वीरबहादुर दंग पर्छ’ बन्ने, नेपालदेखि पेरिससम्मको कथा

0

ऋषि न्यौपानेको निर्देशनमा फिल्म ‘वीरबहादुर दंग पर्छ’ बन्ने भएको छ । साउन पहिलो सातादेखि छायांकन सुरु हुने फिल्मलाई लमजुङ र फ्रान्समा खिचिने भएको छ ।

मूभिमान्डुसँग कुरा गर्दै निर्देशक न्यौपानेले वीरबहादुर नामक पात्रको गाउँदेखि विदेशसम्मको यात्राको वर्णन फिल्मले गर्नेछ । ‘यो एउटा जर्नीको कथा हुनेछ’ न्यौपानेले भने ।

शीतल केसी, प्रवीण एनबी, विक्रम क्षेत्री र सपना क्षेत्री मुख्य भूमिकामा छन् । डेढकरोड बजेट बताइएको फिल्मलाई कृष्ण तामाङ र त्रिविक्रमसिंह राणाले मिलेर निर्माण गर्नेछन् ।

कृष्ण कोइरालाको निर्माण नियन्त्रण हुनेछ । अधिकांश कलाकार नयाँ छन् । ३५ दिने सुटिङ सेड्युल राखिएको फिल्मलाई पेरिस वरवर छायांकन गरिने भएको छ । यसैवर्षभित्र फिल्म रिलिज हुने निर्देशक न्यौपानेले जानकारी दिए ।

Share.

About Author

Leave A Reply