‘झिँगे दाउ’मा मुकुन र केकी फाइनल

0

ज्ञानेन्द्र देउजाले निर्माण एवं निर्देशन गर्न लागेको फिल्म ‘झिँगे दाउ’का मुख्य कलाकार फाइनल भएका छन् । लिड मेलमा मुकुन भुषाल अनुबन्धित छन् भने निर्माताले केकी अधिकारीलाई लिड फिमेलमा तय गरिएको जानकारी दिएका छन् ।

साहित्यकार भीमनीधि तिवारीको आख्यानमाथि बन्न लागेको फिल्मलाई एडप्टेड भन्न सकिन्छ । भदौदेखि फिल्मांकन सुरु हुँदैछ । सिन्धुली, खोटाङ, दोलखा र काठमाडौंमा छायांकन हुनेछ । निर्माता कम्पनी कपन गढीले फिल्मको टाइटल लोगो रिलिज गरेको छ ।

विष्णु कल्पितको छायांकन, पासाङ टी शेर्पा कला निर्देशक, अर्जुन पोखरेलको संगीत र पटकथा एवं संवाद प्रदीप भारद्धाजको हुनेछ । निर्माता एवं निर्देशकको रुपमा स्वयम देउजा रहनेछन् ।

Share.

About Author

Leave A Reply