‘म यस्तो गीत गाउँछु २’ मुहूर्त : फागुन २३ मा रिलिज हुँदै

0

फिल्म ‘म यस्तो गीत गाउँछु’को दोस्रो सिक्वेल निर्माण हुने भएको छ । मंगलबार गोरखाको मनकामना मन्दिरमा फिल्म मुहूर्त गरियो । पल शाह र पूजा शर्मा सिक्वेलमा निरन्तर हुनेछन् । सुदर्शन थापा प्रोडक्सन ब्यानरमा बन्ने फिल्मलाई सुदर्शनले निर्देशन गर्नेछन् ।

आगामी भदौदेखि फिल्म सुटिङ सुरु हुँदैछ । निर्देशक थापाले यसै वर्षभित्र फिल्म प्रदर्शनको लक्ष्य राखिएको बताए । थापासहित कलाकारद्धय शर्मा र शाहले मन्दिरमा पूजाआजा गरे ।

फिल्मको प्रिक्वेलले घरेलु बक्सअफिसमा राम्रो कमाइ गरेको थियो । खासगरि, यसको सांगीतिक पक्षले राम्रो हाइप कमायो । फिल्म फागुन २३ गते रिलिज हुँदैछ ।

Share.

About Author

Leave A Reply