प्रिभ्यूबाट खुशि दुई ‘घर’ एक्ट्रेस, आर्ट आउसका लागि दर्शक रेडी हुँदैछन् : सुरक्षा

0

‘घर’ अभिनेत्रीद्धय सुरक्षा पन्त र बेनिशा हमाल प्रिभ्यू प्रतिक्रियाले उत्साहित छन् । उनीहरुको यो उत्साह बर्खे झरीमा आयोजित प्रेसमिटमा छचल्कियो । यो हरर ड्रामा ३ साउनमा रिलिज हुँदैछ ।

आर्ट हाउस फिल्ममा अब्बल पन्त घरकी मुख्य पात्र हुन् । ट्रेलर हेर्दासमेत उनको भूमिका बलशाली देखिन्छ । नेपालमा बिस्तारै आर्ट हाउस र जनरमा आधारित फिल्म बनिरहेकाले दर्शकले अभिनय प्रयत्नलाई स्वीकार्न समय लाग्ने पन्तको कथन छ ।

सुरक्षा पन्त (बायाँ) र बेनिशा हमाल ।

‘मलाई लाग्दैछ, दर्शक क्रमशः यसका लागि तयार हुनुपर्छ र हुँदैछन्’ उनले भनिन् । ट्रेलरमा बेनिशालाई एउटा सट्मात्र दिइएको छ । तर, फिल्ममा उनको महत्वपूर्ण रोल रहेको निर्देशक अर्पण थापाले बताए ।

Share.

About Author

Leave A Reply