‘छ माया छपक्कै’ असोज १० मा, डीसीएनले ५० लाखमा किन्यो ‘घामड शेरे’

0

‘छ माया छपक्कै’को रिलिज डेट तय भएको छ । निर्माताका अनुसार असोज १० गते फिल्म प्रदर्शन हुने निधो छ । दशैं घटस्थापनाको दुई दिन अगाडि फिल्म रिलिज हुन लागेको हो ।

‘छ माया छपक्कै’ उक्त डेटमा आउने भएपछि अशोक शर्माको ‘रातो टीका निधार’मा उक्त मितिमा आउनसक्छ । किनभने शर्माले दशैंमा सोलो रिलिजको सम्भावना नरहेको अभिव्यक्ति दिइसकेका छन् ।

शर्माको व्यवस्थापनमा चलिरहेको डिजिटल सिनेमा नेपाल (डीसीएन)ले निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर ‘घामड शेरे’को अलनेपाल वितरण अधिकार ५० लाख नेरु न्यूनतम सुनिश्चततामा किनेको छ ।

घामड शेरेलाई असोज १० गते रिलिज गर्नको लागि डीसीएन जुटेको बुझिएको छ । यदि कुरा यही अनुसार अगाडि बढ्यो भने छ माया छपक्कै र घामड शेर १० असोजमा आउन सक्छन् । र, रातो टीका निधारमा फूलपातिको एकदिन अगाडि १७ गते ।

Share.

About Author

Leave A Reply