रेखा थापाको फिल्मलाई रेनशाले निर्देशन गर्ने, इस्युबाट हटेर कमर्सियल फिल्म बनाउँदै रेखा

0

रेखा थापाले निर्माण गर्ने आगामी फिल्मलाई रेनशा बान्तवा राईले निर्देशन गर्ने भएकी छन् । ‘इन्टु मिन्टु लन्डनमा’ फेम्ड निर्देशक राई र थापाबीच छैंठौ प्रोजेक्टमा काम गर्ने सहकार्य भएको हो ।

थापाले फेसबुक एकाउन्टमा केही तस्विर पोस्ट गर्दै यस्तो जानकारी दिएकी हुन् । शुक्रबार राईको जन्मदिन छेकोमा नयाँ फिल्म निर्माणको घोषणा गरिएको हो ।

अभिमन्यु निरवीको पटकथा हुने फिल्म मल्टिस्टारर हुने जनाइएको छ । ‘इस्युबाट हटेर यसपटक पूर्णरुपमा कमर्सियल फिल्म बनाउँदैछु’ मूभिमान्डुसँग रेखाले भनिन्, ‘यसमा मेनस्ट्रिमलाई चाहिने सबैथोक हुनेछ ।’

Share.

About Author

Leave A Reply