गीत गजल पहिलो गीत ‘तिमीलाई थाहा’ लन्च

0

रुप पोखरेल र आरोही सिंह स्टारर फिल्म ‘गीत गजल’को पहिलो गीत रिलिज गरिएको छ । ‘तिमीलाई थाहा’ बोलको गीतमा रुप र आरोहीलाई फिचर्ड गरिएको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा अन्जु पन्त र सुरेश लामाको स्वर छ ।

असोज २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको पहिलो गीतमा निर्देशक नितिन चन्दको कोरियोग्राफी हेर्न सकिन्छ । गीतलाई सुरेश काफ्लेले छायाँकन गरेका हुन् । फिल्मबाट पोखरेल र सिंहले डेव्यु गर्दैछन् ।

आरोहण प्रोडक्सन ब्यानरमा निर्माण भएको फिल्ममा रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भीमा मैनाली, योगिशा खत्री, सुजल खानलगायतको पनि अभिनय छ ।

अस्मित पोखरेलको पटकथा तथा संवाद, बाबु श्रेष्ठ र सुरेश काफ्लेको छायांकन, उत्तम बनेपाली र तेन्जीन भुटियाको ड्रेस डिजाइन, अर्जुन जिसीको सम्पादन छ ।

Share.

About Author

Leave A Reply