एकैपटक तीनवर्षको राष्ट्रिय फिल्म अवार्ड वितरण : विजेता सूचिसहित

0

एकैपटक वर्ष ०७३, ०७४ र ०७५ को राष्ट्रिय फिल्म अवार्ड वितरण गरिएको छ । शुक्रबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले तीनैवर्षका विजेतालाई अवार्ड वितरण गरिन् ।

०७३ सालको लाइफटाइम अचिभमेन्ट अवार्ड शुभद्र अधिकारी, ०७४ सालको लागि किशोर राना मगर र ०७५ सालको लागि निर्देशक तुलसी घिमिरेलाई प्रदान गरियो ।

अवार्ड समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले सांस्कृतिक रुपान्तरणका लागि फिल्मको योगदान उच्च हुने बताइन् । संचारमन्त्री गोकुल बाँस्कोटाले विजेतालाई बधाइ दिए । चलचित्र विकास बोर्ड आयोजक हो ।

यसवर्षदेखि पुरस्कृत हुनेलाई जनही २५ हजार रुपैयाँ र दीर्घ साधना सम्मानाबापत ३ लाख ५१ हजार १ सय ५१ रुपैयाँ प्रदान गरिएको थियो । कार्यक्रममा फिल्मकर्मीले सांस्कृतिक प्रस्तुति दिए ।

राष्ट्रिय चलचित्र पुरस्कार २०७५ :

उत्कृष्ट पटकथा : गोपी दिपेन्द्र लामा, पटकथा संवाद– सामिप्यराज तिमल्सेना
उत्कृष्ट छायाङ्कन : सञ्जय लामा (समर लभ)
उत्कृष्ट सम्पादन : निमेश श्रेष्ठ (साँइली)
उत्कृष्ट अभिनेत्री : स्वस्तिमा खड्का (बुलबुल)
उत्कृष्ट अभिनेता : विपिन कार्की (प्रसाद)
उत्कृष्ट निर्देशक : विनोद पौडेल (बुलबुल )
उत्कृष्ट चलचित्र : गोपी (आरोही ईन्टरटेनमेन्ट)
उत्कृष्ट चलचित्र (आदिवासी, जनजाति, विभिन्न मातृभाषी): रिजे नासाँ (गुरुङ भाषा)
जुरी प्रोत्साहन सम्मान : भोर (पूजा कर्ण)
चलचित्रको व्यापार विस्तार तथा प्रवद्र्धन सम्मान : छक्का पञ्जा ३ (आमा सरस्वती मुभिज् प्रा.लि)

राष्ट्रिय चलचित्र पुरस्कार २०७४ :

उत्कृष्ट सम्पादन : मित्रदेव गुरुङ (मंगलम्)
उत्कृष्ट छायाङ्कन : पुरुषोत्तम प्रधान (कृ)
उत्कृष्ट पटकथा : खगेन्द्र लामिछाने (धनपति)
उत्कृष्ट अभिनेत्री : बेनिशा हमाल (ब्लाइन्ड रक्स)
उत्कृष्ट अभिनेता : पुष्पबहादुर खड्का (मंगलम्)
उत्कृष्ट निर्देशक : मिलन चाम्लिङ राई (ब्लाइन्ड रक्स)
उत्कृष्ट चलचित्र : ब्लाइन्ड रक्स चाम्स ईन्टरटेनमेन्ट प्रालि.
उत्कृष्ट चलचित्र (आदिवासी, जनजाति, विभिन्न मातृभाषी) टिन्छेन फामा (शेर्पा भाषा)
उल्लेखनीय अभिनय रष्ट्रिय चलचित्र पुरस्कार– महिला (मंगलम्) मिथिला शर्मा
उल्लेखनीय अभिनय राष्ट्रिय चलचित्र पुरस्कार– पुरुष (शत्रुगते) रमेश रञ्जन झा

राष्ट्रिय चलचित्र पुरस्कार २०७३

उत्कृष्ट सम्पादन : मित्रदेव गुरुङ (जात्रा)
उत्कृष्ट छायाङ्कन : लभ सासा (शिवराम श्रेष्ठ)
उत्कृष्ट लेखन (कथा, पटकथा, सम्वाद) : कालो पोथी कथा– मीनबहादुर भाम
पटकथा संवाद : अविनाश विक्रम शाह
उत्कृष्ट अभिनेत्री : निभ्न लागेको दियो (सृजना सुब्बा)
उत्कृष्ट अभिनेता : जात्रा (विपिन कार्की)
उत्कृष्ट निर्देशक : सेतो सूर्य (दिपक रौनियार)
उत्कृष्ट चलचित्र कालोपोथी : शुन्य फिल्मस् प्रा.लि. (मीनबहादुर भाम)
उत्कृष्ट चलचित्र (आदिवासी, जनजाति, विभिन्न मातृभाषी : क्यु प्ह्रो छे (भेडी गोठाले)
उत्कृष्ट लोकप्रिय चलचित्र : छक्का पञ्जा (आमा सरस्वती गीतादेवी फिल्मस् प्रा.लि.

Share.

About Author

Leave A Reply