राष्ट्रिय फिल्म अवार्ड विवादमा : ‘दृश्यभाषा’लाई लिएर क्रिटिक्स विरोधमा

0

राष्ट्रिय चलचित्र अवार्ड विवादित बनेको छ । क्रिटिक्स र फिल्ममेकर यसको अवगुणलाई लिएर विरोधमा उत्रिएका छन् । उनीहरुले टाइमलाइनमा अवार्डको मूल्यमाथि प्रश्न गरेका छन् ।

चलचित्र समिक्षक समाजका अध्यक्ष यज्ञशले ट्वीटमार्फत अवार्डको दृश्यभाषा र प्राविधिक पक्षको अब्बलमाथि प्रश्न गरेका छन् । ‘हरि’ फिल्मको उदाहरण दिँदै उनले अवार्ड र कुनैबेला दृश्यभाषाको व्याख्या गर्ने फिल्मकर्मीमाथि प्रश्न गरेका छन् ।

अवार्ड आयोजक व्यवस्थापन समितिमा आफूलाई नसोधिकनै राखिएको भन्दै यज्ञशले त्यसमा सहभागि नहुने घोषणा पहिल्यै गरेका थिए । निर्देशक कुमार भट्टराई र पोस्टर डिजाइनर स्वप्निल आचार्यले पनि अवार्डको निश्पक्षतामा प्रश्न गरेका छन् ।

कुमारले जुरीको क्षमता र उनीहरुले छनौट गरेको फिल्ममाथि प्रश्न गरेका छन् । ‘गोपी, ब्लाइन्ड रक्स एन्ड समर लभ, बट नट हरि, रियल्ली ?’ आचार्यले पनि यस्ता अवार्ड जित्नका लागि सम्बन्ध र कनेक्सन महत्वपूर्ण हुने गरेको ट्वीट गरेका छन् ।

क्रिटिक अशेष अधिकारीले अवार्डको सन्दर्भमा बोर्ड अध्यक्ष केशव भट्टराईको राजिनामा मागेका छन् । आफै जुरी हुने र आफै अध्यक्ष भएर अवार्ड बाँड्दा त्यसले नैतिक प्रश्न खडा गरेको अधिकारी तर्क छ ।

नेपालबाट अस्करमा सिफारिस फिल्म ‘पञ्चायत’का निर्माता गणेश गिरीले राष्ट्रपति अवार्ड पनि किन्न पाइन्छ रे भन्दै फेसबुकमा व्यंग्य गरेका छन् । निर्देशक शिवम अधिकारीले पनि राष्ट्रिय अवार्डलाई सेटिङबाट मुक्त राख्नुपर्ने सुझाएका छन् । रोचक कुरा त, तीनवर्षको अवार्ड एकैपटक बाँडिएको थियो र वर्तमान बोर्ड अध्यक्ष केशव भट्टराई आफै जुरी थिए ।

Share.

About Author

Leave A Reply