सिने सर्कल अवार्डद्धारा फिल्म आवेदन आह्वान

0

एलजी सिने सर्कल अवार्डले फिल्म आवेदन आह्वान गरेको छ । वर्ष २०७५ मा सार्वजनिक प्रदर्शनमा आएका फिल्मले अवार्डमा भाग लिन पाउने आयोजक सिनेमा सर्कल नेपालद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

२२ विधामा अवार्ड हुन लागेको हो । यसवर्ष पनि सिनेमा सर्कल नेपाल र दिनेश डीसी प्रोडक्सनले अवार्ड व्यवस्थापन गर्दैछन् ।

यसवर्ष पनि उत्कृष्ट फिल्म, निर्देशक, नायक, नायिका, संगीतकार, अनस्क्रिन जोडी, कोरियोग्राफर, एक्सन निर्देशक, पाश्र्वगायिका, पाश्र्वगायक, पटकथा, पाश्र्वसंगीत, सम्पादक, चर्चित अभिनेता, चर्चित अभिनेत्री, कमेन्डेबल मूभि, भीएफएक्स, स्टन्ट, चर्चित गीत, ट्रेलर र पोस्टर समावेश छन् ।

इच्छुकले उपलब्ध गराइएको लिंकमा गएर निःशुल्क अनलाइन फर्म भर्न सक्ने सर्कल अध्यक्ष दिनेश डीसीले जनाए । लिंक क्लिक गर्नूस :

Share.

About Author

Leave A Reply