धुर्मुस-सुन्तली फिल्ममा दयाहाङ हिरो, रामबाबुले निर्देशन गर्ने

0

सीताराम कट्टेल- कुञ्जना घिमिरे (धुर्मुस-सुन्तली)ले निर्माण गर्न लागेको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गर्ने भएका छन् । मुख्य अभिनेताको रुपमा दयाहाङ राई अनुबन्धित भएका छन् ।

निर्देशक गुरुङ र अभिनेता राईले मूभिमान्डुसँग कुरा गर्दै यस खबरलाई पुष्टि गरे । फिल्मको वर्किङ टाइटल चाहिँ ‘सेन्टी–भाइरस’ राखिएको छ । दयाहाङका अनुसार भदौदेखि फिल्मांकन सुरु हुनेछ ।

निर्देशक गुरुङका अनुसार चितवनमा निर्माण हुन लागेको रंगशालासँगै फिल्म निर्माणको पनि घोषणा तयारीमा धुर्मुस–सुन्तली छन् । ‘वडा नम्बर ६’ निर्माणपछि निर्माताको रुपमा धुर्मुस–सुन्तलीको कमब्याक हुन लागेको हो ।

दयाहाङले चाहिँ केमियो रोलको लागि मात्र आफू फिल्मसँग एसोसिएट भएको दाबी गरे । ‘म केमियो रोलका लागि हुँ’ भन्छन्, ‘भदौदेखि छायांकन सुरु हुँदैछ ।’ सामाजिक सन्देशमुलक कमेडी ड्रामा फिल्म निर्माण हुन लागेको जानकारी निर्देशक गुरुङले दिए ।

Share.

About Author

Leave A Reply