‘मारुनी’ गीत ‘सक्दिन म बाँच्न’ : मर्मस्पर्शी गीतमा प्रेम

0

फिल्म ‘मारुनी’को दोस्रो गीत ‘सक्दिन म बाँच्न’ इन्टरनेट रिलिज भएको छ । हृदयपरक एवं मर्मस्पर्शी गीतमा फिल्मका दुई मुख्य कलाकार साम्राज्ञी शाह र पुष्प खड्का फिचर्ड छन् ।

अर्जुन पोखरेलद्धारा संगीतबद्ध गीतमा मेलिना राईको कर्णप्रिय स्वर समावेश छ । सुरेश वाग्लेका शब्द मर्मस्पर्शी छन् । यो फिल्मको दोस्रो ट्रयाक हो र यसलाई रुचाइन सक्छ ।

भदौ १३ गते रिलिज हुने फिल्मलाई नवल नेपालले निर्देशन र पुनम गौतमले निर्माण गरेका हुन् । फिल्ममा रेबिका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठको पनि अभिनय छ ।

Share.

About Author

Leave A Reply