‘एभेन्जर्स : एन्ड गेम’ बन्यो सर्वाधिक कमाउने फिल्म, ‘अवतार’ दोस्रो स्थानमा

0

‘एभेन्जर्स : एन्ड गेम’ले सर्वाधिक कमाउने फिल्मको कीर्तिमान राखेको छ । हलिउड रिपोर्टरका अनुसार उसले जेम्स क्यामरुन निर्देशित ‘अवतार’को कमाइलाई समेत उछिन्यो ।

एभेन्जर्स निर्माता कम्पनी मार्भल स्टुडियो प्रमुख केभिन फेगले शनिबार बेलुका यस्तो घोषणा गरे । शुक्रबार बेलुका ५ लाख अमेरिकी डलर ग्रससहित एभेन्जर्स : एन्ड गेमले अवतार कमाइलाई उछिनेको हो ।

एभेन्जर्सको कमाइ २७८९.२ बिलियन अमेरिकी डलर र अवतारको कमाइ २७८९.७ बिलियन छ । एभेन्जर्सको कमाइ अझै माथि जान सक्छ । यो सप्ताहन्तको कमाइले यी दुई फिल्मबीचको ग्याप निक्र्यौल गर्नेछ । अवतार अब दोस्रो स्थानमा धकेलिएको छ भने तेस्रो स्थानमा जेम्स क्यामरुनकै टाइटानिक छ ।

Share.

About Author

Leave A Reply