‘कबड्डी कबड्डी कबड्डी’ गीत ‘दुबो फुल्यो’ रिलिज

0

फिल्म ‘कबड्डी’को तेस्रो श्रृंखला अहिले प्रतीक्षित छ । यही मेसोमा निर्माता कम्पनी सिनेमा आर्ट नेपालले पहिलो गीत ‘दुबो फुल्यो’ लन्च गरेको छ ।

एसडी योगीद्धारा संगीतबद्ध गीतमा हेमन्त राना र हृतिका श्रेष्ठको स्वर समावेश छ । हर्क साउदका शब्द र वाइल्ड ¥यापर्जको नृत्य निर्देशन गीतमा छ । गीत आकर्षक लाग्छ ।

दयाहाङ राई, उपासनासिंह ठकुरी, कर्म, विल्नसविक्रम राई लगायत गीतमा फिचर्ड छन् । यही गीतमाथि कभर भिडियो प्रतिस्पर्धा पनि आयोजना गरिएको छ । पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः १ लाख, ७५ हजार र ५१ हजार रुपैयाँ पुरस्कार छ ।

रामबाबु गुरुङ निर्देशित ‘कबड्डी कबड्डी कबड्डी’ले अन्तरजातिय प्रेमको कथा भन्छ । भदौ १३ गते रिलिज हुने फिल्मको यो गीतलाई इन्टरनेटमा रुचाइने विश्वास गरिएको छ ।

Share.

About Author

Leave A Reply