‘कबड्डी’ गीतलाई कपिराइट उल्लंघन आरोप

0

‘कबड्डी’ फिल्मको तेस्रो श्रृंखलामा समावेश एउटा गीतमाथि प्रतिलिपि अधिकार उल्लंघनको आरोप लागेको छ । एसडी योगीद्धारा संगीतबद्ध ‘दुब्यो फुल्यो’ गीत आफूहरु रचित ‘कहिले फोटो सिरानी’सँग मिलेको भन्दै अर्का संगीतकार आलोकश्रीले दाबी गरेका छन् ।

गीतलाई चोरिएको भन्दै आलोकश्रीले संगीतकारको नाममा आफूलाई उल्लेख गरिनुपर्ने माग गरेका छन् । फिल्मका संगीतकार योगीले पनि उक्त गीतसँग मिल्न गएको भन्दै स्वीकार गरेका छन् ।

फिल्म निर्माता कम्पनी र आलोकश्री बसेर समस्या समाधानका लागि छलफल गर्ने बुझिएको छ । भदौ १३ गते रिलिज हुने फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । दुबै गीत सुन्नूस र मूल्यांकन गर्नूस :

Share.

About Author

Leave A Reply