सुवास गिरीले निर्देशन गर्ने फिल्ममा खगेन्द्र लिड हिरो, सामाजिक मुद्दामा बन्ने भो ‘नन्दुलाल’

0

यस्तो लाग्छ, वर्ष २०१९ मा सुवास गिरी नयाँ इनिङ्स लिएर आउँदैछन् । ‘कृ’, ‘नोभेम्बर रेन’, ‘पर्व’ निर्माता अब प्रदर्शक र निर्देशक बन्दैछन् ।

अहिलेलाई निर्देशन चर्चा गरौं । होम प्रोडक्सन सुवास इन्टरटेनमेन्टले निर्माण गर्न लागेको अनटाइटल प्रोजेक्टलाई स्वयम गिरी निर्देशन गर्दैछन् । ‘नन्दुलाल’ वर्किङ टाइटल राखिएको फिल्मलाई गिरीले निर्देशन गर्ने पक्का छ ।

लिड मेलमा खगेन्द्र लामिछाने तय छन् । अभिनेता लामिछानेले स्क्रिप्टलाई अन्तिम रुप दिँदैछन् । ‘पानीफोटो’ छायांकनपछि आगामी माघदेखि सुटिङमा जाने फिल्मलाई सोसल ड्रामा विधामा राखिएको छ ।

‘सामाजिक इस्यु पनि भएको र त्यस घटनासँग पनि नजिक भएकाले आफैले निर्देशन गर्दा राम्रो हुने विश्वास लिएको छु’ मूभिमान्डुसँग गिरीले भने, ‘सोसल मुद्दा भएकाले खगेन्द्रजीसँग सहकार्य भएको छ ।’

माघदेखि सुटिङमा जाने भएकाले फिल्मले औपचारिक आकार लिन भने केही महिना कुर्नुपर्ने भएको छ । मूलधारको फिल्ममा हिट प्रोजेक्ट पस्किएको सुवास इन्टरटेनमेन्टको आर्ट हाउस भेन्चरतिरको रुपान्तरणलाई महत्वका साथ लिइएको छ ।

Share.

About Author

Leave A Reply