विदेशी फिल्मबाट सरकारले कमायो ७.८० करोड

0

सरकारले आर्थिक वर्ष ०७५/०७६ मा विदेशी फिल्म प्रदर्शनबाट ७ करोड ८० लाख चलचित्र विकास शुल्क संकलन गरेको छ । चलचित्र विकास बोर्डका अनुसार यो शुल्क अघिल्लो आर्थिक वर्षभन्दा १ करोड ४० लाख रुपैयाँले बढी हो ।

सरकारले विदेशी फिल्म प्रदर्शनका लागि १५ प्रतिशत चलचित्र विकास शुल्क तोकेको छ । ‘शुल्कमा निकै वृद्धि भएको देखिन्छ’ बोर्डका लेखा अधिकृत प्रभाकर भट्टराईले मूभिमान्डुसँग भने, ‘नेपालमा विदेशी फिल्म, त्यसमा पनि हलिउडको लोकप्रियता बढेको देखिन्छ ।’

घरेलु फिल्मको हकमा भने शुल्क तोकिएको छैन । विदेशी फिल्मले १३ प्रतिशत मूल्य अभिवृद्धि करसहित चलचित्र विकास शुल्क बुझाउनुपर्छ । बोर्डले आगामी आर्थिक वर्षमा राजस्व संकलन अझै बढ्ने प्रक्षेपण समेत गरेको छ ।

Share.

About Author

Leave A Reply