यस्ता छन् फिल्म ऐनका १० हाइलाइट्स, सिर्जनशिल- सांस्कृतिक उद्योगमा परिभाषित

0

सरकारले प्रस्तावित चलचित्र ऐनलाई छलफलमा ल्याएको छ । संचारमन्त्री गोकुल बाँस्कोटाले फिल्म सम्बद्ध निकायका प्रतिनिधिसँग चलचित्र विकास बोर्डमा छलफल चलाए ।

१० परिच्छेदमा बाँडिएको प्रस्तावित ऐनमा फिल्म निर्माण, वितरण र प्रदर्शन सम्बन्धी व्यवस्था, विकास बोर्डको गठन, बोर्ड अध्यक्षको काम, कर्तवय, अधिकार, फिल्म तथा फिल्म सेन्सर समिति सम्बन्धी व्यवस्था, फिल्म पूर्वाधार तथा प्रदर्शन, कसुर र सजाय सम्बन्धी व्यवस्था समेटिएका छन् ।

सरकारले फिल्मलाई सिर्जनशिल–सांस्कृतिक उद्योगको रुपमा परिभाषित गरेको छ । चलचित्र विकास बोर्डलाई स्वायत्त तुल्याउन प्रस्ताव गरिएको छ । चलचित्र जाँजपास समिति (सेन्सर बोर्ड)लाई विकास बोर्ड मातहत ल्याउने तयारी छ ।

स्वदेशी फिल्म प्रदर्शन सम्बन्धी विशेष व्यवस्था गर्ने भनिएको छ । यस बुँदा कोटा प्रणाली भनिएकाले यसको विरोध सुरु भएको छ । स्वदेशी फिल्म मात्रै देखाउने हललाई विशेष सुविधा व्यवस्था गर्ने भनिएको छ ।

फिल्म अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना, राष्ट्रिय चलचित्र लगानी कोष, चलचित्र संग्रहालय निर्माण, पाइरेसी रोक्न होलोग्रामको व्यवस्था र आदिवासी जनजाति फिल्मलाई विशेष प्रोत्साहनको प्रस्ताव गरिएको छ ।

Share.

About Author

Leave A Reply