लभ डायरिज : ‘सुनेऊ कि सुनिनौ’ इन्टरनेट रिलिज

0

‘लभ डायरीज’ गीत रिलिज प्रेसमिटको आधा घन्टा अगाडि एउटा खबर आयो : कबड्डीको तेस्रो सिक्वेल असोज ३ गते आउने भयो । अब सुशिल श्रेष्ठ अभिनित लभ डायरीज उक्त मितिमा कबड्डीसँग भिड्नेछ ।

फिल्मले सोमबार पहिलो गीत सुनेऊ कि सुनेनौं रिलिज गरेको छ । सुशिल र डेब्यु गर्ल रविना थापाको रसायन मिलेको छ र गीत आत्मपरक लाग्छ । नयाँ हिमाली सौन्दर्यमा खिचिएकाले पनि दर्शकले मन पराउँछन् ।

अर्जुन पोखरेलको संगीत रहेको गीतमा सुगम पोखरेल र स्वेच्छा ठकुरीको स्वर समावेश छ । डेब्यु निर्देशक सौरभ चौधरीले रोमान्टिक प्रेम कथामा फिल्म निर्माण भएको बताए ।

विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतको अभिनय छ । हेर्नूस र इन्जोय गर्नूस गीत :

Share.

About Author

Leave A Reply