‘फ्लावर मुन’मा लियोनार्दो र स्कोरसिज सँगै

0

मार्टिन स्कोरसिजलाई अहिले हलिउडमा चटारो छ । उनी निर्देशित बहुप्रतीक्षित ‘द आइरिसम्यान’ न्यूयोर्क फिल्म फेस्टिभलमा प्रिमियर हुँदैछ । अब भने पाका निर्देशक नयाँ फिचरका लागि कस्सिएका छन् ।

गत जुलाई २६ को सप्ताहन्त उनले ओक्लोहामाको ओसाज काउन्टीबाट केही तस्विर इन्स्टाग्राममा पोस्ट गरे । यो थलोलाई उनले निर्देशन गर्न लागेको सिरियल किलर ड्रामा ‘किलर्स अफ दी फ्लावर मुन’को लोकेसनको रुपमा लिइएको छ ।

सन् १९२० ताकाको सेटिङमा खिचिने फिल्म चाहिँ डेभिड ग्रान लिखित एउटा ऐतिहासिक पुस्तकमा आधारित हुनेछ । जहाँ, तेलको लागि हुने झगडामा अमेरिकी आदिवासीको हत्या गरिन्छ र हिंसा भड्किन्छ । नयाँ खुलेको एफबीआइको रुचि घटनामा हुन्छ ।

महत्वपूर्ण पक्ष, यो फिल्ममा झन्डै दशकपछि लियोनार्दो डिकाप्रियोसँग स्कोरसिजको मिलन हुँदैछ । यसअघि यी दुईले द उल्फ अफ वाल स्ट्रिटमा काम गरेका थिए । आइरिसम्यान चाहिँ फेस्टिभलमा प्रिमियर भएपछि हलमा लाग्ने भएको छ ।

Share.

About Author

Leave A Reply