पोखराको मिडटाउन मल्टिप्लेक्स मोफसलमै सर्वाधिक कमाउने हल

0

पोखराको मिडटाउन सिनेमाज् मोफसलमा सर्वाधिक कमाउने फिल्म हल बनेको छ । सरकारले लागु गरेको बक्सअफिस तथ्यांकले यसलाई पुष्टि गरेको हो ।

यसको अर्थ : पोखरा राजधानीपछि ठूलो फिल्म बजार हो । असार मसान्तसम्म मोफसलमा जडान गरिएको बक्सअफिस प्रणालीमध्ये साउन मसान्तसम्म मिडटाउन हलले ३२ हजार ५ सय टिकट विक्री गरेको तथ्यांक छ ।

यसपछि चितवनको क्यूएफएक्स जलमा दोस्रो र हेटौंडाको ओम्याक्स हल तेस्रो स्थानमा छन् । यस आर्थिक वर्षदेखि हलमा चलिरहेका फिल्महरुको तथ्यांक आउन सुरु भएको छ ।

बोर्डले यतिबेला मोफसलका ६६ हलबाट तथ्यांक संकलन थालेको छ । अझै ३४ फिल्म हल बक्सअफिस प्रणालीबाट बाहिर छन् । बोर्डले एपमार्फत बक्सअफिस डाटालाई सबैले हेर्न मिल्ने बनाउन लागेको समेत जनाएको छ ।

Share.

About Author

Leave A Reply