‘मारुनी’ ट्रेलर : मित्रता, प्रेम र बदलाको कथा

0

फिल्म ‘मारुनी’को अफिसियल ट्रेलर लन्च भएको छ ।   सोमबार राजधानीमा आयोजित प्रेसमिटमा ट्रेलरसहित विविध जानकारी दिइयो ।

कास्ट एन्ड क्रिउ सहभागि प्रेसमिटमा उपस्थित अभिनेत्री साम्राज्ञी शाहले आफ्नो करियरमा फिल्मले महत्वपूर्ण अर्थ राख्ने बताइन् । फिल्मभित्र उनलाई भिन्न भूमिकामा देख्न सकिन्छ ।

अभिनेता पुष्पबहादुर खड्काले कन्टेन्ट लक्षित फिल्म बनेकाले दर्शकले इन्जोय गर्न सक्ने बताए । नवल नेपाल निर्देशित फिल्मलाई फेमिली ड्रामामा राखिएको छ ।

निर्मात्री पुनम गौतमले नेपाली फिल्म उद्योगले हात हाल्न गाह्रो मानेको विषयमाथि फिल्म बनाइएको बताइन् । भदौ १३ गते रिलिज हुने फिल्मलाई पुनम गौतम इन्टरटेनमेन्टले निर्माण गरेको हो । फिल्ममा रेविका गुरुङको पनि टाइटुलर भूमिका छ ।

हेर्नूस ट्रेलर :

Share.

About Author

Leave A Reply