‘जाइरा’ नेपाली सुपरहिरो फिल्म : नम्रता श्रेष्ठ (ट्रेलरसहित)

0

नम्रता श्रेष्ठ स्टारर ‘जाइरा’ ट्रेलर इन्टरनेट रिलिज भएको छ । बुधबार राजधानीमा आयोजित प्रेसमिटमा एक्सन–प्याक्ड ट्रेलर सार्वजनिक गरियो ।

बदलाको कथा प्रस्तुत गर्ने फिल्ममा श्रेष्ठले जाइरा नामक युवतीको भूमिका चित्रण गरेकी छन् । उनलाई रोमान्टिक र लडाकु पात्रको भूमिकामा देख्न सकिन्छ । नम्रताले जाइरालाई सम्भवतः नेपालको पहिलो सुपरहिरो क्यारेक्टर फिल्म भएको बताइन् ।

‘जाइरालाई म नेपालको सम्भवतः पहिलो सुपरहिरो पात्र भएको फिल्म मान्छु’ मूभिमान्डु जिज्ञासमा श्रेष्ठले भनिन्, ‘परम्परागत शैलीभन्दा यसमा महिलालाई एक्सन रोलमा देखाइएको छ ।’ उनले महिला हिंसाविरुद्ध फिल्मले सन्देश दिने बताइन् ।

निर्देशक आषुतोश श्रेष्ठले डेब्यु निर्देशनको अनुभव बाँड्दै फिल्ममार्फत आफूले कलाभन्दा पनि स्टाइल बेच्न खोजेको बताए । अभिनेता प्रमोद अग्रहरिले सँधै लाउड पात्रमात्र नभएर ग्रे शैलीका पात्रमा खेल्नु पनि आफ्नो अभिरुचि रहेको बताए । सुजिता श्रेष्ठ, सिर्जना रेग्मी, रेमनदास श्रेष्ठ समेत अभिनय रहेको फिल्म भदौ ६ गते देशव्यापी प्रदर्शन हुँदैछ ।

Share.

About Author

Leave A Reply