धुर्मुस-सुन्तली फिल्म ‘सेन्टी–भाइरस’ : यस्तो छ लाइनअप

0

सेलेव्रिटी जोडी सीताराम कट्टेल र कुञ्जना घिमिरेले होमप्रोडक्सन फिल्म ‘सेन्टी–भाइरस’ निर्माण घोषणा गरेका छन् । राजधानीमा बुधबार आयोजित समारोहमा कमेडी ड्रामाबारे जानकारी दिइयो ।

भदौ पहिलो सातादेखि पोखरामा छायांकन सुरु हुने फिल्मलाई कबड्डी सिरिज फेम्ड रामबाबु गुरुङले निर्देशन गर्दैछन् । धुर्मुस स्वयमले अभिनय गर्ने फिल्ममा दयाहाङ राईको समेत अभिनय हुनेछ ।

‘वडा नम्बर ६’ पछि धुर्मुस–सुन्तली अभिनय र निर्माणमा पुनरागमन गर्दैछन् । सानो पर्दामा रुचाइएका कुमार कट्टेल र दीपक आचार्यले पटकथा लेखनमा सहकार्य गर्दैछन् ।

दयाहाङ र सीतारामसहित फिल्ममा राजाराम पौडेल, विल्सनविक्रम राई, बुद्धि तामाङ लगायतको अभिनय हुनेछ । २ करोड बजेटमा बन्ने फिल्मको नाफाको १५ प्रतिशत क्रिकेट रंगशाला र ५ प्रतिशत कलाकार संघको भवनलाई प्रदान गरिने भएको छ । निर्देशक गुरुङले दर्शकले यस कमेडी एवं सोसल ड्रामालाई रुचाइने विश्वास व्यक्त गरे ।

Share.

About Author

Leave A Reply