‘रातो टीका निधारमा’ गीत ‘मेरो माया’ लन्च : फिचर्ड साम्राज्ञी शाह-अंकित शर्मा

0

‘रातो टीका निधारमा’ले पहिलो गीत लन्च गरेको छ । दशैं रिलिज लक्ष्य राखिएको फिल्मको ‘मेरो माया के हो’ गीत आत्मपरक लाग्छ जसलाई विहिबार इन्टरनेट सार्वजनिक गरियो ।

गीत लन्च गर्न कुमारी हलमा भव्य प्रेसमिट गरियो । कल्याण सिंहद्धारा संगीतबद्ध गीति भिडियोमा मुख्य एक्टर्ज साम्राज्ञी शाह र डेब्यु ब्वाइ अंकित शर्मालाई फिचरिङ देख्न सकिन्छ ।

गीतमा दुई पात्रको रसायनको प्रशंसा भैरहेको छ । प्रेसमिटमा बोल्ने अतिथिले अंकितलाई अर्को स्टारको रुपमा व्याख्या गरे । परिवार नै फिल्म निर्माणमा सक्रिय भएको भन्ने कुराले प्रेसमिट प्रभावित रह्यो । तर, मूभिमान्डु प्रश्नमा अंकितले आफूले नेपोटिज्मभन्दा आफ्नो क्षमतामा विश्वास गर्ने बताए ।

निर्देशक अशोक शर्माले दशैं रिलिज भनेपनि डेट तोक्न अस्वीकार गरे । सम्भवतः असोज १० वा १७ गते फिल्म रिलिज हुनसक्क्छ । अभिनेत्री साम्राज्ञी शाह हरियो साडीमा क्युट देखिइन् । उनलाई के तपाई यस फिल्ममा गर्ल नेक्स्ट डोर टाइपको पात्रमा हो भनेर सोधिएको थियो ।

तर, आफूले पात्रात्मक विविधतामा काम गरेको दाबी उनले गरिन् । ‘यो एउटा नारीप्रधान फिल्म हो र कन्टेन्टमा काम गरेकी छु’ साम्राज्ञी कथन छ, ‘मेरा लागि यो वर्ष भाग्यमानी रह्यो । किनभने मारुनी र रातो टीका निधारमा जस्ता फिल्म मैले पाएकी छु ।’ फिल्ममा राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, नीता ढुंगाना, शिवहरि पौडेल, खुस्बु खड्का लगायतको अभिनय छ ।

Share.

About Author

Leave A Reply