‘दासढुंगा २’लाई सरकारले अनुमति दिएन, कथा राष्ट्रपति कार्यालयमा पठाइयो

0

चलचित्र विकास बोर्डले फिल्म ‘दासढुंगा २’लाई निर्माण अनुमति दिन मानेको छैन । बरु उसले राष्ट्रपति विद्यादेवी भण्डारीसामु फिल्मको सिनोप्सीस स्वीकार्ने वा अस्वीकार गर्ने भन्ने निधो गर्न भन्दै शीतल निवासलाई पत्राचार गरेको छ ।

यतिबेला फिल्मको सिनोप्सीस र टाइटल राष्ट्रपति कार्यालयमा अड्किएको छ । निर्देशक कुमार भट्टराईका अनुसार तीन महिनादेखि बोर्डले निर्मातालाई निर्माण इजाजत दिन भन्दै झुलाएको हो । ‘म यसलाई प्रिसेन्सरसिपको रुप मान्छु र हामी विरोध गर्छौं’ निर्देशक भट्टराईले मूभिमान्डुसँग भने ।

उनका अनुसार बोर्डले पूर्ण स्क्रिप्ट लिएर आफूलाई बुझाउन निर्मातालाई निर्देशन दिएको छ । सोही अनुसार यतिबेला अपिल विष्ट फिल्मस मदन भण्डारी हत्याको विषयमा थप अनुसन्धान गर्दैछ । ‘यसले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा राम्रो सन्देश जाँदैन’ निर्देशक भट्टराईले भने ।

सरकारले निर्माण अनुमति दिन आनकानी गरेपछि सुटिङ अनिश्चित बनेको छ । निर्देशक भट्टराईका अनुसार दासढुंगा च्याप्टर २ मदन भण्डारीको दासढुंगा हत्याकाण्डको प्रिक्वेल हो ।

Share.

About Author

Leave A Reply