‘साइनो’ फिल्म समिक्षा : जब फिल्मबाट बटमलाइन हराउँछ

0

विष्णु शर्मा
रेटिङ : १/५

बटमलाइन निश्चित नभएका फिल्मलाई मैले ‘अपूर्ण’ भन्ने गरेको छु । त्यो बटमलाइन जसमा फिल्मको कन्ट्रोलिङ आइडिया, केन्द्रिय द्धन्द्ध र निर्देशकीय सोच निहित हुन्छ । जब बटमलाइन हराउँछ, त्यो क्यामेराले खिचिएको नाटक बन्न पुग्छ । ‘साइनो’ बटमलाइन हराएको अन्यौल सोचको अन्यौल उत्पादन हो ।

छरिएको कथाभित्र धेरै द्धन्द्ध छन् । तर, फिल्मको व्याकरणसँग यी द्धन्द्धको कुनै सान्दर्भिकता हुँदैन । के साइनो मन पराएकी केटी पाउन लडिएको लडाइ हो ? के साइनो मान्छे बेचबिखनविरुद्धको सन्देश हो ? के साइनो संस्कृति जगेर्नाका लागि बनाइएको फुटेज हो ? भन्नुको अर्थ, फिल्मको केन्द्रिय द्धन्द्ध स्थापित छैन । आधारभूत संरचना नै स्थापित छैन भने मान्नूस, पटकथा भयंकर कमजोर छ वा तपाईंँले फिल्म साहित्यिक उत्पादन हो भन्ने मूल्यलाई बेवास्ता गर्दै हुनुहुन्छ ।

पचास वर्षको स्टेपमा पनि साइनोको निर्माण शैली र स्वाद सान्दर्भिक हुनुले बदलिएको न्यारेटिभलाई गिज्याउँछ मात्र । सिनेम्याटिक प्रयत्नलाई दिउँसै टर्चलाइट बालेर खोज्नुपर्ने बाध्यता साइनो भित्र छ । नब्बेको दशकमा अति मेलोड्रामा, सूत्र र अस्वभाविक कथ्य बुनिएको फिल्ममा तपाईंलाई रुचि छ भने साइनो योग्य हुनसक्छ । तर, नवीन फिल्ममा तपाईंँ अभ्यस्त हुनुहुन्छ भने साइनो बिर्सनलायक उत्पादन हो ।

रोयदीप श्रेष्ठ र मिरुना मगरको अभिनय प्रशंसनीय छ । डेब्यु एक्टर राजकुमारको अभिनयमा सुक्ष्मता महसुस हुँदैन । छायांकन र प्रकाश संयोजन मुड क्रिएट गर्ने खालको छैन । नेपाली फिल्मको मेनस्ट्रिम दर्शक हो भने तपाईंलाई संगीत प्रिय लाग्न सक्छ । एक वाक्यमा भन्दा गम्भिर दर्शकले साइनोलाई अभोइड गर्दा पनि फरक नपर्ला ।

निर्देशक : रमेश थापा
निर्माता : भुवन चन्द थापा
पटकथा : अभिमन्यु निरवी
कास्ट : राजकुमार चन्द, मिरुना मगर, रोयदीप श्रेष्ठ, नीता ढुंगाना, राजा राजेन्द्र

Share.

About Author

Leave A Reply