‘दासढुंगा २’ दर्ता नगर्ने कदमविरुद्ध उत्रिए क्रिटिक्स-फिल्ममेकर

0

‘दासढुंगा २’लाई निर्माण अनुमति नदिने सरकारी कदमको विपक्षमा फिल्म–मेकर्स र क्रिटिक्स उत्रिएका छन् । उनीहरुले ‘प्रि–सेन्सरसिप’ले लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतालाई निरंकुशतातर्फ लैजाने चेतावनी समेत दिएका छन् ।

‘दासढुंगा’ निर्देशक मनोज पण्डितले फिल्मको शक्तिदेखि सत्ता डराएको उल्लेख गरेका छन् । ‘सिर्जनात्मक स्वतन्त्रतालाई रोक्ने कदमलाई म विरोध गर्छु’ पण्डित भन्छन्, ‘यतिबेला राजनीति फिल्मदेखि डराइरहेको छ ।’

निर्माता अविरल थापाले दासढुंगालाई इजाजत नदिने मनासयलाई दुःखदायी भन्दै टिप्पणी गरेका छन् । निर्देशक विभुषण बस्नेतले चलचित्र विकास बोर्डले फिल्ममेकरको अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्नुपर्ने माग राखेका छन् ।

निर्देशक दीपेन्द्र भण्डारीले लोकतन्त्रकै लागि सरकारी कदम लाजमर्दो भएको लेखेका छन् । दासढुंगा २ का निर्देशक कुमार भट्टराईले ट्वीटरमार्फत सरकारलाई चुनौति दिएका छन् । ‘म किन फिल्म बनाउँदैछु भने, म सत्य भन्न चाहन्छु’ उनले ट्वीटिएका छन् ।

Share.

About Author

Leave A Reply