रातो टीका निधारमा, घामड शेरे, दयारानी रिलिज डेट तय

0

रातो टीका निधारमा, घामड शेरे र दयारानीले प्रदर्शन मिति तय गरेका छन् । निर्माताका अनुसार रातो टीका निधारमा असोज १० गते, घामड शेरे कात्तिक ८ र दयारानी फागुन ९ मा रिलिज हुनेछन् ।

साम्राज्ञी शाह र अंकित शर्मा स्टारर रातो टीका निधारमालाई अशोक शर्माले निर्देशन गरेका हुन् । दशैं फूलपातिको एकदिनअघि फिल्म प्रदर्शन हुन लागेको हो ।

घामड शेरेको तर्फबाट अफिसियल डेट त बाहिर आएको छैन यद्यपी, वितरक कम्पनी डीसीएनले कात्तिक ८ गते निश्चल बस्नेत र स्वस्तिमा खड्का अभिनित फिल्म आउने जनाएको छ । माओत्से गुरुङ निर्देशित दयारानीको भीडन्त शिवरात्रीमा आमा र लप्पन छप्प २ सँग हुने भएको छ ।

Share.

About Author

Leave A Reply