अनमोल स्टारर ‘एन्टी-हिरो’ घोषणा, भुवन केसी पनि लिडमा

0

सुपरकाजल फिल्मसले निर्माण गर्न लागेको आगामी भेन्चरले शीर्षक प्राप्त गरेको छ । होमप्रोडक्सनकै दुई अनुहार अनमोल र भुवन केसीको मुख्य भूमिका रहने फिल्मको टाइटल हुनेछ : एन्टी–हिरो ।

अनमोललाई हिरो र भुवनलाई एन्टी–हिरोको भूमिकामा देख्न पाइने भएको छ । एन्टी–हिरोको अर्थ पूर्णरुपमा भिलेन हुनुचाहिँ हैन, उक्त पात्रलाई ग्रे तुल्याइएको भन्ने अर्थमा लिनुपर्छ । हिरो र भिलेनको मिश्रित गुण भएको पात्रलाई एन्टी–हिरो भनिन्छ ।

तिहारपछि छायांकन सुरु हुने भनिएपनि निर्देशक र अन्य कलाकार घोषणा गरिएको छैन ।

Share.

About Author

Leave A Reply