जावेद अख्तर र सवाना आजमी नेपाल आउँदै

0

बलिउड गीतकार, लेखक एवं साहित्यकार जावेद अख्तर र अभिनेत्री सवाना आजमी नेपाल आउने भएका छन् । मंसिर २७ देखि ३० सम्म पोखरामा हुने नेपाल साहित्य महोत्सवमा उनीहरुले भाग लिने भएका हुन् ।

भारतीय लेखक एवं कांग्रेस सांसद शशी थरुर समेत आउँदैछन् । आयोजक संस्था बुकवर्म फाउन्डेसनका अनुसार विश्वभरका डेढसय साहित्यिक व्यक्तित्व, लेखक र कलाकार पोखरामा भेला हुने भएका छन् ।

राजनीतिक अभियन्त समेत रहेका अख्तरले बलिउडमा पाँच राष्ट्रिय फिल्म अवार्ड जितेका छन् । अभिनेत्री आजमीले पनि पाँच राष्ट्रिय अवार्डसहित्य फिल्मफेयर जितेकी छन् । यी दुई पति–पत्नी हुन् । नेपाल पर्यटन बोर्डकी ब्रान्ड म्यानेजर श्रद्धा श्रेष्ठका अनुसार यस फेस्टिभलले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्नेछ ।

Share.

About Author

Leave A Reply