‘सल्लीपिर’माथि बन्ने फिल्मको टाइटल ‘सपना सांग्रिलाको’, कास्टिङ कल आह्वान

0

नयनयराज पाण्डे लिखित उपन्यास ‘सल्लीपिर’माथि बन्न लागेको फिल्मले शीर्षक प्राप्त गरेको छ । अब यसको टाइटल ‘सपना सांग्रिलाको’ हुनेछ ।

निर्देशक अशोक थापाले खबर पुष्टि गरे । फिल्म उक्त उपन्यासमा आधारित हुने निर्देशक थापाले जनाएका छन् ।

पुस्तक लेखक नयनराज पाण्डे माथि र निर्देशक अशोक थापा तल ।

यस फिल्मलाई उक्त पुस्तकबाट प्रभावित चाहिँ भन्न सकिन्छ । घरपरिवार र सामाजिक वातावरणले बाल मनोविज्ञानमा पार्ने प्रभावको विषयवस्तुमा फिल्म बन्न लागेको हो ।

३ करोड बजेट बताइएको फिल्मको छायांकन भदौदेखि सुरु हुने जनाइएको छ । एम मिडिया प्रालिको ब्यानरमा बन्न लागेको फिल्मको कलाकारको लागि कास्टिङ कल समेत खुला गरिएको छ ।

Share.

About Author

Leave A Reply