फोटो कथा : यसरी बेलायतमा खिचिँदैछ फिल्म ‘कैदीको पत्र’

0

साहित्यकार सनमकुमार बैरागले अर्का इश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’मा फिल्म निर्माण गरिरहेका छन् । २६ जुलाइबाट बेलायतका विभिन्न स्थानमा सुटिङ भइरहेको ‘कैदीको पत्र’को निर्देशन बैराग आफैले गरेका छन् । त्यति मात्रै होइन, पटकथा, संवाद र गीत पनि स्वयमले लेखेका हुन् ।

अध्ययन क्रममा नेपालबाट बेलायत पुगेको एक युवकको स्कटीस युवतीसँगको प्रेम र त्यसबाट सृजना भएको जटिल परिस्थिती कथावस्तु रहेको फिल्मको गीत छायांकन क्रममा सोमबार बेलायतस्थित नेपाली राजदूत साहित्यकार दुवसु क्षेत्री उपस्थित थिए ।

फिल्ममा म्याडिसन लाजारस, कुनाल बिश्व,सलिना थापा मगर, पृथ्वी क्षेत्री, किरण कार्की, क्यारी डुड्स, चरण प्रधान, सुवर्ण थापा लगायतले अभिनय गरेका छन् । कलिना-रुबिन श्रेष्ठ, हिराल जोशी र दिलघले निर्माता रहेको फिल्मको अहिलेसम्म ५० प्रतिशत छायांकन सकिएको जानकारी निर्देशक बैरागले दिएका छन् ।

Share.

About Author

Leave A Reply