अस्करले माग्यो नेपाली फिल्म, यस्ता छन् मापदण्ड

0

अस्कर अवार्ड अन्तर्गतको नेपाल कमिटीले इच्छुक फिल्मलाई अन्तराष्ट्रिय फिचर विधामा भाग लिन आह्वान गरेको छ । मापदण्ड पुगेका फिल्मले भदौ १३ गते शुक्रबारसम्म कमिटीलाई फिल्म बुझाउन सक्नेछन् ।

द एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेजको नेपालस्थित अन्तराष्ट्रिय फिचर चलचित्र छनौट समितिले विज्ञप्ती जारी गर्दै आवेदन आह्वान गरेको हो ।

प्रतिस्पर्धामा भाग लिने चाहेको फिल्म २०७५ असोज १५ गतेभन्दा पछि तथा २०७६ साल भदौ १३ गते अगाडि नै प्रदर्शन भएको हुनुपर्ने उल्लेख छ । हेर्नूस थप मापदण्ड :

निर्देशक, निर्माता, कलाकार आदिका साथै सबै प्राविधिकहरूको नामावली (क्रेडिट टाइटल्स् पर्दामा देखिने क्रममा) (Complete production credits (cast and crew) as they appear on screen, in English translation),

–अंग्रेजी भाषामा लेखिएको चलचित्रको संक्षिप्त सारांश (Synopsis of the film),

–निर्देशकको फिल्मोग्राफी (Director’s biography and filmography, in English translation),

–चलचित्र प्रदर्शन गराउँदा उक्त चलचित्र सात दिनभन्दा बढी चलचित्रघरमा सार्वजनिक प्रदर्शन भएको प्रमाणित गर्ने समाचार तथा सञ्चार माध्यमहरूमा छापिएका विज्ञापनका कटिङहरू (Published advertisements verifying the seven-day theatrical run)

–सम्बन्धित चलचित्रका ३ देखि ५ वटा स्थिर फोटाहरू(3 to 5 representative stills from the film, including a designated key frame),

–निर्देशकको फोटो (Director’s photograph),

–चलचित्र रिलिज हुँदाको पोस्टर (Film poster* (Please refer to digital specifications at www.oscars.org/2019-streaming-artwork-upload-specs)

– चलचित्रको डिजिटल कपी (Digital content delivery (Streaming asset for voting purposes

Share.

About Author

Leave A Reply