जाइरा, स्टाइल र बजार : राउन्ड-टेबल

0

नम्रता श्रेष्ठलाई लाग्छ, फिल्म खेल्नुभन्दा निर्मात्री बन्नु धेरै गाह्रो काम । ज्ञानेश्वरस्थित आफ्नै एटिक रेष्टुराँमा उनी मुडमा भेटिइन् । भदौ ६ गते रिलिज हुने फिल्म ‘जाइरा’ चलाउन उनलाई धपेडी छ ।

नेपाली दर्शकले ‘हिरोइनइज्म’ खोजिरहेको नम्रता कथन छ । ‘यही भएर अहिलेसम्म नगरेको रोल जाइरामा गरेकी छु’ भन्छिन्, ‘समाजले अब हिरोइनलाई पनि एक्सन र बोल्ड रोलमा लिन लागिसक्यो ।’

उनले पुरुषप्रधान र नारीप्रधान फिल्मको विभेद मेट्नुपर्ने बताइन् । फिजिकल ट्रान्सर्फमेसनको लागि ८ महिना लागेको स्मरण गर्दै उनले यसका लागि निकै मिहेनत गरेको सुनाइन् ।

निर्देशक आशुतोष श्रेष्ठले स्टाइल बेच्न खोजेको कुरा बताए । उनले नामदेखि फिल्मको सट् कम्पोजिसनमा समेत स्टाइल चाहेका रहेछन् । ‘एक्सबाट नाम राख्दा बोल्ड होला भनेर जाइरा राखेको हो’ भन्छन, ‘सट्लाई पनि स्टाइलिस तुल्याउन मिहेनत गरेका छौं ।’

के स्टाइल भनेको आवरण हो भन्ने मूभिमान्डु प्रश्नमा उनले भने, ‘त्यस्तो होइन, यसमा गुदी र गाता दुबै छ ।’ अभिनेता प्रमोद अग्रहरिले आफू पहिलोपटक ब्वाँसो टाइपको पात्रमा देखिएको बताए । को–एक्ट्रेस सिर्जना रेग्मी पनि बोल्ड एक्सन अवतारमा छिन् ।

फिल्ममा नम्रता र सिर्जनालाई बक्सिङ रिङमा भिडेको देख्न सकिन्छ । फिल्म बदलाको कथा भएपनि नम्रताले कारण खुलाउन चाहिनन् । नम्रता श्रेष्ठ इन्टरटेनमेन्ट र ट्रेन्डसेटरले मिलेर फिल्म निर्माण गरेका हुन् ।

Share.

About Author

Leave A Reply