पाका निर्देशक किशोर राना रहेनन्

0

पाका फिल्म निर्देशक किशोर राना मगरको निधन भएको छ । मृगौलाको रोगबाट ग्रसित उनी ६४ वर्षका थिए । बुधबार निदान अस्पतालमा उनको निधन भएको जनाइएको छ ।

विहिबार वा शुक्रबार रानाको पार्थिव शरिरको अन्त्येष्टी गरिने जनाइएको छ । फिल्म प्रतिविम्व निर्माणको क्रममा उनी थलिएका थिए । भारतको बैंगलोरमा उनले मृगौलाको दुईपटक डायलासिस गराए ।

लगत्तै उनी निमोनियाले थलिए । आर्थिक अभावका कारण मृगौला प्रत्यारोपण गर्न सकेनन् । उनको मृगौला फेर्न चलचित्र विकास बोर्डमा राहत संकलन पनि सुरु भएको थियो ।

भारतीय फिल्ममा दसवर्ष बिताएका उनले पहिलोपटक नेपाली फिल्म कान्छीमार्फत बीएस थापाको सहायकको रुपमा काम गरे । पत्नी गायिका संगीता राना प्रधान हुन् । सरकारले २०७४ सालको लागि दीर्घ साधना सम्मान समेत प्रदान गरेको थियो ।

सीमारेखा, करोडपति, राँको, एक नम्बरको पाखेजस्ता बक्सअफिस सफल फिल्म उनले निर्देशन गरे । चिन्नेहरु उनलाई मिजासिलो र सरल स्वभावका भन्छन् ।

Share.

About Author

Leave A Reply