फिल्म हलमा असोज ३ देखि राष्ट्रिय गान र झन्डा अनिवार्य

0

आगामी असोज ३ गतेदेखि मुलुकभरका हलले फिल्म सुरु हुनुअघि अनिवार्यरुपमा राष्ट्रिय गान बजाउनुपर्ने भएको छ । असोज ३ गते संविधान दिबस मनाउनको लागि मूल समारोह समिति गठन गर्न प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बैठकले संचार मन्त्रालयको प्रस्तावमा यस्तो निर्देशन दिएको हो ।

राष्ट्रिय गानको सम्मानमा सबै दर्शक अनिवार्य उभिनुपर्ने जानकारी समेत गृह मन्त्रालयले दिएको छ । गृह प्रवक्ता रामकृष्ण सुवेदीले संविधान दिवसको दिनदेखि अनिवार्यरुपमा सँधैलाई राष्ट्रिय झन्डा फहराउन र राष्ट्रिय गान बजाउन निर्देशन दिएको बताए ।

राष्ट्रिय झन्डा तथा राष्ट्रिय गान प्रयोगसम्बन्धी कार्यविधि २०६९ अनुसार सरकारले फिल्म सुरु हुनुअघि राष्ट्रिय गान बजाउन अनिवार्य गरेको हो । रेडियो र टेलिभिजनमा समेत सुरुमा र अन्त्यमा अनिवार्य राष्ट्रिय गान बजाउन भनिएको छ ।

Share.

About Author

Leave A Reply