साम्राज्ञीको ‘रातो टीका निधारमा’ दर्शकीय दृष्टि

0

मेसो थियो : रातो टीका निधारमा प्रेसमिट । प्रसंग थियो पत्रकारसँग प्रश्नोत्तर । पालो थियो डिभा साम्राज्ञी शाहको । मूभिमान्डुले सोध्यो : तपाईंको करियरमा रातो टीका निधारमाले कति अर्थ राख्छ ?

भुइँमा प्रश्न खस्न नपाउँदै साम्राज्ञीले फर्काइन् : यो वर्ष रातो टीका निधारमा फिल्म खेल्नु मेरो लागि महत्वपूर्ण रह्यो । यसको लागि म आफूलाई लक्की ठान्छु ।’

साम्राज्ञीको यो स्टेटमेन्टले यसैवर्ष रिलिज हुन लागेका अन्य फिल्मलाई कति अर्थ राख्ला, प्रतीक्षा गरौं तर, फेमिनिस्ट पात्रको रुपमा उनले गर्न लागेको ‘रातो टीका निधारमा’ले भने उनको करियरमा टेवा दिनसक्छ ।

के गीतमा देखिएजस्तै गर्ल नेक्स्ट डोर टाइपको फिल्म त होइन : मूभिमान्डु जिज्ञासामा उनले भनिन्, ‘बाहिर हेर्दा मात्र यस्तो लागेको हो । इट्स जस्ट ट्रेलर । तपाईंले फिल्ममा मलाई बोल्ड वुमन क्यारेक्टरको रुपमा देख्न सक्नुहुन्छ ।’

असोज १० गते रिलिज हुँदैछ रातो टीका निधारमा । दशैं छेकोमा रिलिज हुने यस फिल्ममाथि साम्राज्ञीकै कारण धेरैको आँखा छ । स्वयम साम्राज्ञी पनि अर्को सातादेखि रातो टीका निधारमा पब्लिसिटीमा व्यस्त हुनेछिन् ।

Share.

About Author

Leave A Reply