पासवर्ड : एक्सन-प्याक्ड ट्रेलर लन्च

0

फिल्म ‘पासवर्ड’को एक्सन–प्याक्ड ट्रेलर लन्च भएको छ । अनुपविक्रम शाही र विक्रम जोशी मुख्य भूमिकामा छन् ।

नेपालबाट चोरिएर लन्डन लगिएका मन्दिरका मूर्तिलाई नेपाल फिर्ता ल्याउन मुख्य पात्रले गर्ने संघर्ष फिल्मको कथासार हो ।

तर, मुख्य पात्र फिल्ममा कुन चाहिँ हो भन्ने पक्ष खुलाइएको छैन । प्रेमका लागि अनुपविक्रम र विक्रमबीच दुस्मनी देखाइएको छ तर, उनीहरुको पात्र चित्रण लुकाइएको छ ।

बुद्धि तामाङ, रविन्द्र झा, प्रवीण खतिवडा पनि मुख्य भूमिकामा छन् । ट्रेलरलाई स्टाइलिस देखाउन प्रयत्न गरिएको छ । सम्राट बस्नेत निर्देशित फिल्म भदौ २७ गते रिलिज हुँदैछ ।

फिल्मको एउटा गीतमा भारतीय अभिनेत्री सन्नी लियोनी फिचर्ड छिन् ।

Share.

About Author

Leave A Reply