छ माया छपक्कै : पहिलो गीत ‘जुनको जुनेली’ लन्च

0

फिल्म ‘छ माया छपक्कै’ले पहिलो गीत जुनको जुनेली इन्टरनेट रिलिज गरेको छ । गीतसँगै असोज २४ गतेलाई अफिसियल प्रदर्शन मितिको रुपमा समेत घोषणा गरिएको छ ।

गीतमा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, केकी अधिकारी लगायत फिचर्ड छन् । पश्चिमा स्वाद मिश्रण गरिएको गीतमा बसन्त थापाको स्वर, संगीत छ ।

राजेन्द्र थापाको शब्द र योगेश काजीको एरेन्जिङ छ । बसन्तले मीना निरौलासँग गीत गाएका छन् । दीपेन्द्र लामाको निर्देशन रहेको फिल्ममा दीपकराज गिरीको पटकथा छ ।

हेर्नूस गीत :

Share.

About Author

Leave A Reply