एमी अवार्ड जितेको खुशि काठमाण्डौंमा : फोटो कथा

0

विश्व टेलिभिजनको अस्कर मानिने एमी अवार्ड जितेको खुशि काठमाण्डौंमा बाँडिएको छ । आफू सहनिर्माता रहेको डकुमेन्ट्री ‘अ माउन्टेन टु क्लाइम्ब’ले वर्ष २०१७ को अवार्ड जितेपछि आइसफल कम्पनीले भव्य भोजसहित खुशि सेलिव्रेट गरेको हो ।

सांग्रिला होटलमा आयोजित समारोहमा कम्पनी प्रमुख रामकृष्ण पोखरेलले उपस्थिती अतिथिमाझ एमीको ट्रफी प्रदर्शन गरे । अवार्ड भएको दुईवर्ष पछि मात्र ट्रफी काठमाण्डू आइपुगेको हो ।

एमीको स्पोर्ट्स विधाअन्तर्गत आउटस्ट्यान्डिङ सट् स्पोर्ट्स डकुमेन्ट्री क्याटेगरीमा डकुमेन्ट्रीले जितेको थियो । डकुमेन्ट्रीको मुख्य निर्माता कम्पनी चाहिँ इएसपीएन टिभी च्यानल हो । डकुमेन्ट्रीमा नेपाली युवती प्रतिमा शेर्पालाई फिचर्ड गरिएको छ ।

Share.

About Author

Leave A Reply