नेपालले ‘बुलबुल’लाई अस्कर अवार्डमा पठाउने

0

बुलबुलले आगामी वर्ष अस्कर अवार्डको अन्तराष्ट्रिय फिचर विधामा नेपालको प्रतिनिधित्व गर्ने भएको छ । छनौट समितिले केही दिनमा विनोद पौडेल निर्देशित फिल्मलाई नेपालको अफिसियल प्रतिनिधिको रुपमा पठाउँदैछ ।

कमिटी महासचिव चिरन्जीवि गुरागाइँले आवेदन मागिएपनि बुलबुलको मात्र दरखास्त परेको बताए । ‘एउटा मात्र आवेदन परेपछि बुलबुललाई नै पठाउने निधो गरेका छौं’ गुरागाइँले मूभिमान्डुसँग भने ।

स्वस्तिमा खड्काले रणकला पात्रको रुपमा अभिनय गरेकी छन् । विदेशिएका पतिको पर्खाइ, नयाँ युवकसँग प्रेम र पक्षघात पीडित ससुराको स्याहार गर्ने एकल आमाको रुपमा खड्काको चरित्र चित्रण छ । राष्ट्रिय फिल्म अवार्डसहित सार्कमा यही चरित्रमार्फत उनले अवार्ड जितिन् ।

यसअघि एरिक भ्यालीको क्याराभान (हिमालय)मात्र विदेशी भाषी विधाको अस्कर अवार्डतर्फ उत्कृष्ट पाँच मनोनयनमा परेको थियो ।

Share.

About Author

Leave A Reply