चपली हाइट ३ : सुपुष्पा भट्ट लिड फिमेलमा अनुबन्धित

0

क्राइम थ्रीलर ‘चपली हाइट ३’ निर्माण तयारीमा छ । निर्माताका अनुसार कात्तिक २० गतेदेखि फिल्मांकन सुरु हुँदैछ । निर्माता आगामी मंगलबार फिल्मबारे औपचारिक घोषणा गर्दैछन् ।

फिल्मका तीन लिड पात्रमध्ये एकको नाम सार्वजनिक गरिएको छ । रणवीर फेम्ड सुपुष्पा भट्टलाई सेकेन्ड लिडमा लिइएको छ । निर्माता अर्जुन कुमारले लिड मेल र लिड फिमेल मंगलबार आउट गरिने जनाए ।

निर्माता कुमारका अनुसार मंसिर ३०को पूर्वनिर्धारित रिलिज मिति समेत स्थगित गरिएको छ । चपली हाइट ३ लाई निकेश खड्का निर्देशन गर्दैछन् । सौगात मल्ल र सृष्टि श्रेष्ठ फिल्मबाट बाहिरिएका छन् ।

Share.

About Author

Leave A Reply