दशैंदेखि १५ पर्दा थपिँदै, सात मल्टिप्लेक्स चल्ने

0

दशैं छेकोमा थप १५ फिल्म पर्दा थपिँदैछन् । काठमाण्डौं र मोफसलमा गरेर सात मल्टिप्लेक्स दशैं छेकोबाट संचालनमा आउनेछन् जसमा क्यूएफएक्सका तीन मल्टिप्लेक्स छन् ।

भक्तपुर, बिराटनगर र भैरहवामा रेगल सिनेमाले ७ पर्दासहितका तीन मल्टिप्लेक्सलाई अन्तिम रुप दिँदैछ । यी हललाई व्यवस्थापनका लागि क्यूएफएक्सलाई हस्तान्तरण गरिनेछन् ।

काठमाण्डूको नयाँ बानेश्वरमा वान सिनेमाज् संचालनमा आउँदैछ । दुई पर्दासहितको यो हल पायक पर्ने थलोले गर्दा आकर्षित छ । पुरानो शिवदर्शन हललाई भत्काएर बनाइएको मलमा फिल्म हल बनेको हो ।

काठमाण्डूको गोंगबुमा चार स्क्रिनसहितका दुई मल्टिप्लेक्स दशैंदेखि संचालनमा आउनेछन् । नर्थ सिनेमा र ल्होत्से नाम दिइएको यो मल्टिप्लेक्सले गोंगबु र वरपरका दर्शकलाई तान्न सक्छ । यही ग्रुपले चितवनस्थित सीजी भवनमा समेत हल संचालनमा ल्याउँदैछ ।

नेपाल चलचित्र संघका अनुसार अहिले डेढसय फिल्म हल देशभर संचालनमा छन् । बढ्दो सहरीकरण र मध्यमवर्गको उदयले मल्टिप्लेक्स हलको संख्या पनि बढिरहेको छ ।

Share.

About Author

Leave A Reply