अस्करमा सिफारिस भएपछि ‘बुलबुल’ रि-रिलिज हुने

0

नेपालबाट अस्करको विदेशी फिचर विधातर्फ सिफारिस भएपछि फिल्म ‘बुलबुल’ पुनः रिलिज हुने भएको छ । निर्माता अविरल थापाले अस्कर अभियान चलाउन पुनः प्रदर्शन गर्न लागिएको जनाए ।

पोस्टर समेत पुनः रिलिज हुने भएको छ । ‘अस्कर अभियानलाई पनि साथ पुगोस् अनि छुटेकाले फिल्म हेर्न पाऊन भन्ने उद्देश्यले रि–रिलिज गर्न लागेका हौं’ मूभिमान्डुसँग थापाले भने ।

विनोद पौडेल निर्देशित फिल्म सात महिनाअघि व्यवसायिक प्रदर्शनमा आएको थियो । समिक्षा राम्रो बटुलेको फिल्मले गतसाता अस्करको नेपाल छनौट समितिले विदेशी भाषी विधातर्फ सिफारिस गरेको थियो ।

स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्मले एकल आमाले बाँच्नका लागि गरेको संघर्षको कथा भन्छ ।

Share.

About Author

Leave A Reply