बाल्यकालिन साथीसँग विल्सनको विहे, अष्ट्रेलियामा हनिमुन

0

अभिनेता विल्सनविक्रम राईले बाल्यकालिन साथीसँग मागी विहे गरेका छन् । गत फागुनमा विहे गरेपनि बल्लमात्र उनको विहेबारे खुलासा भएको हो ।

झापाकी सरिना लामासँग उनले विहे गरेका हुन् । केही समयअघि अष्ट्रेलियामा हनिमुन पनि मनाइसकेका छन् । फागुनमा इन्गेजमेन्ट गरेर भव्य विहे तयारीमा जुटेका विल्सनको विहेको खबर अहिले बाहिरिएको छ ।

भुटानी शरणार्थीसम्बन्धी राष्ट्रसंघिय प्रोजेक्टमा काम गर्थिन् सरिना । तर, अहिले राष्ट्रसंघले उक्त कार्यक्रम बन्द गरिदिएपछि उनी विल्सनकै घरमा छिन् । विहेपछि जिन्दगी बदलिएको विल्सनको अनुभव छ ।

तक्मे बुढा नामले समेत चिनिने विल्सन अभिनित कबड्डी ३ आगामी असोज ३ गतेदेखि सिनेमा घरमा समेत रिलिज हुँदैछ । उनी अहिले धुर्मुस सुन्तलीको फिल्म ‘सेन्टी भाइरस’ छायांकनमा पनि व्यस्त छन् । विल्सनलाई वैवाहिक जीवनको शुभकामना !

Share.

About Author

Leave A Reply