बोर्डले भन्यो : राष्ट्रपति र प्रधानमन्त्रीको नाम जोडिएपछि ‘दासढुंगा २’ लाई इजाजत दिएनौं

0

सरकारले निर्माण अनुमति नदिएपछि दासढुंगाको दोस्र्रो सिक्वेल अहिले मिडियामा चर्चित छ । निर्देशक र चलचित्र विकास बोर्डका अध्यक्ष मिडियासामु आफ्ना तर्क प्रस्तुत गर्दैछन् ।

पोखरामा यसैसाता सकिएको चलचित्र पत्रकारिता कार्यशालामा बोर्ड अध्यक्ष केशव भटट्राईलाई दासढुंगा २ लाई निर्माण अनुमति किन नदिइएको भनेर जिज्ञासा सोधियो ।

उनले भने, ‘मदन भण्डारीको हत्यामा राष्ट्रपति, प्रधानमन्त्री, प्रचण्ड, माधवकुमार नेपालको हात रहेको भनेर नाम तोकेरै लेखिएको छ । कथामा यसलाई पुष्टि गरिएको छैन ।’

उनी अगाडि भन्छन्, ‘यसैले हामीले मदन भण्डारी फाउन्डेसनलाई स्क्रिप्ट अध्ययन गरेर सुझाव पठाउन आग्रह गरेका छौं । उहाँहरुले अहिलेसम्म जवाफ फर्काउनुभएको छैन ।’

निर्माण अनुमति दिने वा नदिने कुरा मदन भण्डारी फाउन्डेसनको जवाफमा निर्भर हुने भट्टराईले बताए । ‘मिडियामा विभिन्न आरोप लगाउँदै हिँड्ने अनि मैले त्यसको जवाफ दिँदै हिँड्नुपर्ने ? मिडियाबाजी गर्ने कि मसँग आएर कुरा गर्ने ?’

अर्कोतर्फ निर्देशक कुमार भट्टराईले चाहिँ निर्माण अनुमति नदिनुलाई अभिव्यक्ति स्वतन्त्रता र संवैधानिक हक कुण्ठित पार्ने राज्यको हर्कतको रुपमा टिप्पणी गरेका छन् । 

Photo courtesy : Jukson.com

Share.

About Author

Leave A Reply