चपली हाइट ३ : स्वस्तिमा र सुपष्पा लिड फिमेल, चैतमा रिलिज हुने

0

‘चपली हाइट’का अघिल्ला दुबै फिल्म बक्सअफिसमा हिट रहे । खासगरि मल्टिप्लेक्स दर्शकको लागि थ्रीलरको स्वाद यसले बसाल्यो । अर्जुन कुमारको यही फिल्मले तेस्रो सिक्वेल निर्माण घोषणा गरेको छ ।

चपली हाइट ३ लाई ‘फाटेको जुत्ता’ फेम्ड निकेश खड्काले निर्देशन गर्दैछन् । राजधानीमा मंगलबार आयोजित संवाददाता सम्मेलनमा लाइनअप, रिलिज डेट र सिनोप्सीसबारे जानकारी दिइयो ।

स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र प्रतीक श्रेष्ठको मुख्य भूमिका हुने भएको छ । एक रहस्यात्मक घटनालाई फिल्मले चित्रण गर्छ । प्रहरी अनुसन्धानलाई समेत कठिन पर्ने उक्त घटनाले थ्रीलर सिर्जना गर्ने पटकथा लेखक आकाश बरालको ठम्याइ छ ।

पुरुषोत्तम प्रधानको छायांकन र संगीत अर्जुन स्वयमको हुनेछ । यसैवर्षको चैतमा फिल्म रिलिज हुने जानकारी निर्माताले दिए । कात्तिक २० गतेदेखि फिल्मांकन सुरु हुने भएको छ ।

Share.

About Author

Leave A Reply