चार्ल्स शोभराजमाथि सिरिज बनाउँदै नेटफिल्क्स, सम्भावित छायांकन नेपालमा

0

‘बिकनी किलर’ नामले चर्चित अन्तराष्ट्रिय अपराधी चार्ल्स शोभराजमाथि नेटफिल्क्स र बीबीसीले ‘द सेर्पन्ट’ नामक सिरियल किलर ड्रामा बनाउने भएका छन् । सिनेमा ब्लेन्डले खबर लेखेको छ ।

अहिले नेपाली जेलमा जन्मकैदको सजाय भोगिरहेका शोभराजको यो सिरिजको सम्भावित छायांकन नेपालमै हुनेपनि चर्चा छ । १९७० को मध्यमा उनले मारेका २० पर्यटकको घटना सँगै नेपाल, थाइल्यान्ड र भारतमा उनको श्रृंखलाबद्ध अपराधलाई सिरिजले चित्रण गर्ने भएको छ ।

इन्टरपोलको कुख्यात अपराधी भएपनि विभिन्न देशमा त्यहाँका शक्तिशाली व्यक्तिसँग उठ्बस गर्ने भएकाले द सर्पेन्ट नाम दिनुपरेको समाचारमा उल्लेख छ । सन् १९७६ र ७७ मा उनी भारतमा जेल बसे र २००३ देखि नेपाली जेलमा छन् ।

तेहर रहिमले शोभराजको भूमिकामा अभिनय गर्दैछन् । जेना कोलम्यान, बिली हवे र एली बाम्बर मुख्य भूमिकामा छन् । सिरिजलाई बेलायतमा बीबीसी र त्यसबाहेकका मुलुकमा नेटफिल्क्सले रिलिज गर्ने सम्झौता छ । नेपाल सम्बन्धी घटना भएकाले नेपाली दर्शकले पनि रुचाउने विश्वास लिइएको छ ।

Share.

About Author

Leave A Reply