फिल्मले गर्दा बलात्कार बढ्यो : डीला संग्रौला

0

कांग्रेस सांसद डीला संग्रौलाले बलात्कारका घटना बढ्नुमा फिल्म जिम्मेवार रहेको बताएकी छन् । काठमाण्डौंमा जारी फिल्म कन्फ्रेन्समा आयोजित राजनीतिको आँखामा फिल्म विषयक प्यालन छलफलमा संग्रौलाको यस्तो अभिव्यक्ति आएको हो ।

‘पछिल्लो समय राष्ट्रप्रेमभन्दा मायाप्रेमका फिल्म बढी भए’ उनले भनिन्, ‘जसले गर्दा बलात्कारका घटना बढेका छन् । फिल्मकर्मीले यसतर्फ सोच्नुपर्ने हैन र ?’

photo : pahilopost

फिल्मले पनि राजनीतिमा योगदान दिनुपर्ने खाँचो औंल्याउँदै उनले राजनीतिमा चलचित्र क्षेत्रको आकर्षण कम रहेको तर्क गरिन् । अबका दिनमा राजनीति र फिल्म हातेमालो गरेर अघि बढ्नुपर्ने संग्रौला कथन छ ।

उक्त छलफलमा नेकपा नेता ठाकुर गैरे, राजपा महासचिव केशव झा र पत्रकार अरुणदेव जोशी सहभागि थिए ।

Share.

About Author

Leave A Reply